एसईई नतिजाको कारण १५ वर्षीय किशोरले गरे आत्महत्या

Facebook
Twitter
WhatsApp

एसईई नतिजाको कारण १५ वर्षीय किशोरले गरे आ त्मह त्या, दौडिएर आफ्नो कोठामा छिरे, तन्नाको पा’सो लगाएर प्रा’ण त्यागे ।

बिरगंज । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आ त्मह त्या गरेका छन् । पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं- ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं। ११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आ त्मह त्या गरेका हुन् । पारिवारिक स्रोतका अनुसार सोमबार राति नतिजा सार्वजनिक भएपछि शन्नी निकै नि’रास र चि’न्तित थिए । उनी वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए । राति करिब ११:३० बजे परिवारका सदस्यहरूले उनलाई सम्झाइबुझाई गरिरहेकै अवस्थामा उनी अचानक दौडिएर आफ्नो कोठामा छिरेका लाब्रेरी मिडिया थिए ।
हामीले सम्झाउने प्रयास गरिरहेका थियौँ, तर उनी अचानक कोठामा गएर ढोका बन्द गरे,’ परिवारका एक सदस्यले भने, ‘कोठाको ढोका फलामको भएकाले फुटाउन समय लाग्यो, ढोका खोलेर हेर्दा उसले तन्नाको पा सो लगाएर प्रा’ण त्या’गिसकेका थिए ।’ जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घ’टनास्थल पुगेको थियो । प्रहरीले प्रारम्भिक मुचुल्का उठाएर श’वलाई पो’स्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हरेक वर्ष एसईईको नतिजापछि यस्ता दुःखद घटनाहरू सार्वजनिक हुने गरेका छन् ।शिक्षाविद् र मनोपरामर्शदाताहरूले परीक्षाको नतिजा नै जीवनको अन्तिम फैसला नभएको भन्दै बालबालिकालाई मानसिक दबा’ब नदिन र यस्तो अवस्थामा परिवारले विशेष ख्याल गर्न सुझाव दिँदै आएका छन्

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top