संसद्‌मा म निदाएको थिइनँ, फोनमा इमर्जेन्सी म्यासेज पढ्दै थिएँ : अर्थमन्त्री

Facebook
Twitter
WhatsApp

२९ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सामाजिक सञ्जालमा अर्थमन्त्री संसद्‌मा निदाएको’ भन्दै भाइरल भएको विषयबारे स्पष्टीकरण दिएका छन् ।

अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले ‘जे देखिन्छ, त्यो यथार्थ नहुन पनि सक्छ’ भन्ने चेत राख्न सासंदहरूसँग आग्रह गरे ।

‘अर्जेन्ट म्यासेजहरू आइरहेको थियो, (फोन उचाल्दै) माथि राष्ट्रपतिको अगाडि फोन यसरी हेर्न शोभनीय नहुने भएर (फोन तल राख्दै) टेबुलमुनि राखेर म्यासेजहरू हेरिरहेको थिएँ, अर्थमन्त्री निदायो भनेर दसौं लाखलाई रमिता भएको छ आज,’ उनले भने, ‘त्यसैले जे देखिन्छ, त्यो सही नहुन पनि सक्छ, एकदम दूरगामी निष्कर्षमा पुगिनहाल्नु होला ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top