कांग्रेस कार्यकर्ताले २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्नुपर्ने

Facebook
Twitter
WhatsApp

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसले २१ जेठ भित्र क्रियाशील सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिकसम्बन्धी कार्य अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले क्रियाशील सदस्यतासम्बन्धी सो निर्णय गरेको हो ।

कांग्रेसले सदस्यताको अभिलेखीकरणलाई डिजिटल रुपमा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउनका लागि विभिन्न डिजिटल माध्यमहरू प्रयोगमा ल्याएर काम गरिरहेको जनाएको छ ।

समितिले क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत् फारम भरी अद्यावधिक गर्न सकिने व्यवस्था गरेको छ । यसका लागि पार्टीको सदस्यता पोर्टलमा ‘स्वयं सदस्यता आवेदन फारम’ उपलब्ध गराइएको छ ।

अनलाइनमार्फत् अद्यावधिक गर्दा कुनै समस्या भएमा ९७०१२५५५५५ मा सम्पर्क गरेर ‘एआई साथी’सँग सहयोग लिन सकिने व्यवस्था पनि समितिले गरेको छ ।

केन्द्रीय कार्यालयको डिजिटल सहायता केन्द्रको नम्बर ९७१२०५६३५१ र ९७१२०५६३५२ मा सम्पर्क गरेर पनि समस्याको समाधान गर्न सकिने व्यवस्था गरिएको समितिले जनाएको छ ।

समितिले ९७०१२५५५५५ मा सम्पर्क गर्दा सोधिने प्रश्नावलीको उत्तर दिएर पनि फोनबाटै अद्यावधिकको फारम भर्ने व्यवस्था मिलाएको छ ।

कांग्रेस सदस्यता अद्यावधिक नगर्ने र कांग्रेस परिचयपत्र (एनसी आईडी) प्राप्त नगर्ने व्यक्तिले १५ औंमहाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने बताउँदै आएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top