सिरहामा झाडीमा लुकाएको २७६ किलो गाँजा बरामद

Facebook
Twitter
WhatsApp

३ जेठ, सिरहा । सिरहामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । कर्जन्हा नगरपालिका–११ क्षेत्रबाट प्रहरीले २७६ किलो गाँजा बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार साँझ कर्जन्हा नगरपालिकाको कार्यालयबाट करिब ३ सय मिटर पर रहेको झाडी क्षेत्रमा खोजतलास गर्ने क्रममा ११ वटा बोरामा प्याक गरेर लुकाइ राखिएको अवस्थामा गाँजा फेला पारेको हो ।

बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

प्रहरीले गाँजा कसले र कहाँबाट ल्याएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top