जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको दुई बुँदे असहमति

Facebook
Twitter
WhatsApp

३ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकीकरणमा नेता हृदयेश त्रिपाठीले दुई बुँदे फरक मत राखेका छन् । आफू प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विपक्षमा रहेको त्रिपाठीले जनाएका छन् ।

नेपाल जस्तो विविधतायुक्त देशमा अहिलेकै संसदीय प्रणाली र मिश्रित निर्वाचन प्रणाली ठीक भएको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

‘प्रत्यक्ष निर्वाचित रास्ट्रपतिको व्यवस्था नेपाली कम्युनिस्ट मित्रहरूको विचार हो, जुन अल्पसंख्यकका लागि घातक छ र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसँग सहमत हुन सकिन्न,’ उनले भनेका छन्, ‘सैद्धान्तिक विषयमा स्पष्ट नभई एकता गर्नु आत्मघाती हुनेछ।’

गत २४ मंसिरमा हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी (जप्रपा), वृषेशचन्द्र लाल अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र  लोसपाले पार्टी एकीकरण गरेका थिए ।

त्यसपछि पुसमा लोसपा र जसपा नेपाल बीच एकीकरण भयो । यो एकीकरणले निर्वाचन आयोगबाट समेत मान्यता प्राप्त गरिसकेको छ ।

त्रिपाठी नेतृत्वको जप्रपा र लाल अध्यक्ष रहेको तमलोपाको अथक प्रयासपछि लोसपासँग एकीकरण भएको र त्यसपछि लोसपा र जसपा  एकता प्रक्रिया अगाडि बढेको त्रिपाठीले उल्लेख गरेका छन् ।

जसपा–लोसपा एकीकरण हुँदा जप्रपा र तमलोपालाई कुनै जानकारी नदिएको त्रिपाठीको आरोप छ । तमलोपा एकीकरण प्रक्रियबाट बाहिरीसकेको छ ।

२१ फागुनको निर्वाचनमा त्रिपाठी जसपा नेपालकै चुनाव चिह्न ढल्केको छाता लिएर उम्मेदवार बनेका थिए । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)–१ बाट उठेका उनले ७ हजार ८२३ मत प्राप्त गरेका थिए ।

निर्वाचन आयोगबाट मान्यता प्राप्त हुनुलाई भने त्रिपाठीले सकारात्मक भनेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top