एमाले सचिवालय बैठक सुरु, ओलीले जवाफ दिने

Facebook
Twitter
WhatsApp

१० जेठ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको हो ।

आजको बैठकमा अध्यक्ष ओलीले नेताहरुले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची छ । त्यसअघि बोल्न बाँकी नेताहरुले धारणा राख्ने छन् ।

गत शुक्रबारदेखि सुरु भएको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले आ-आफ्ना धारणा राख्ने क्रम शनिबारसम्म पनि जारी थियो । शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरुले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्गप्रशस्त गर्न सुझाव दिएका थिए ।

ओलीको बचाउमा उपाध्यक्ष रामबहादुर थापा (बादल) र सचिव महेश बस्नेतले धारणा राखेका थिए । उनीहरुले संकटका बेला नेतृत्वको संरक्षण गर्नुपर्ने बताएका थिए ।

शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले समेत ओलीको समर्थन नगरी धारणा राखेको स्रोतले बतायो । महासचिव पोखरेलले घुमाउरो शैली प्रयोग गर्दै अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताएका थिए ।

शनिबार महासचिव पोखरेलसहित, उपमहासचिव योगेश भट्टराई, रघुबिर महासेठ, सचिवहरु छविलाल विश्वकर्मा, हिक्मत कार्की र यामलाल कँडेल ओलीको विपक्षमा उभिएका थिए । शुक्रबार उपाध्यक्ष विष्णु पौडेलसहित चार उपाध्यक्ष पनि ओलीको विपक्षमै देखिएका थिए ।

उपमहासचिव लेखराज भट्ट र सचिव पद्मा अर्याल भने ओलीको पक्षमा उभिएका छन् । आज सचिव शेरधन राई, भानुभक्त, ढकाल, खगराज अधिकारी र राजन भट्टराईले धारणा राख्नेछन् ।

हालसम्म धारणा राखेका धेरैजसोले आलोचना गर्दै नेतृत्व छाड्न सुझाव दिए पनि ओलीले त्यसलाई इन्कार गरेको स्रोत बताउँछ । आज सबैले बोल्ने क्रम सकिएपछि ओलीले जवाफ दिने कार्यक्रम छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top