रास्वपाले बारा जिल्ला समिति बनाएन, वडा र पालिकाको अधिवेशनमा केन्द्रित हुने निर्णय

Facebook
Twitter
WhatsApp

१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समितिको तदर्थ समिति गठन नगरी वडा र पालिकाको अधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ ।

पार्टीले रास्वपा बाराका संस्थापक सभापति चन्दन स्वर्णकारलाई बर्खास्त गरेको थियो ।

विवादित जिल्ला समिति भंग गरेर केन्द्रीय तहबाट नेताहरू पठाएर शनिबार (हिजो) विस्तारित बैठक गरिएको थियो । केन्द्रीय नेताहरूसहित हिजो भएको विस्तारित बैठकले तदर्थ समिति गठन नगरी वडा र पालिका अधिवेशनमा लाग्ने निर्णय गरेको हो ।

वडा र पालिका अधिवेशन सकेर जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको छ । पालिका अधिवेशन जेठ १७ गतेका लागि तोकिएको छ । तदर्थ समिति गठनको भएका वडाको अधिवेशन जेठ १२ गते र गठन हुन बाँकी रहेका पालिकाको तदर्थ समिति १३ गते गर्ने निर्णय गरिएको छ ।

वडा/पालिका समिति गठन गर्न ५ जना प्रतिनिधि खटाउने निर्णय पनि गरिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top