विराटनगरमा कांग्रेस इतर समूहको ‘शक्ति प्रदर्शन’- शेखर, सिटौला र गच्छदारले सम्बोधन गर्ने

Facebook
Twitter
WhatsApp

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।

पार्टीभित्र दबाब सिर्जना गर्न र विशेष महाधिवेशनपछि देखिएका सांगठानिक कमजोरी सच्याउन भन्दै यो समूहले ‘शक्ति प्रदर्शन’ स्वरूप भेलाको आयोजना गरेको हो ।

भेलामा नेताहरू डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार सहभागी छन् । कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले बताए ।

महामन्त्री भूपेन्द्र राईले पार्टी अहिले विभिन्न गुट र उपगुटमा विभाजित भएको भन्दै नेतृत्वले आम कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाए ।

उनले भने, ‘हामीले कुनै व्यक्ति वा गुटको स्वार्थका लागि यो भेला गरेका होइनौँ । कोइराला, देउवा वा सिटौला समूहभन्दा माथि उठेर कांग्रेसलाई पूर्णरूपमा एकताबद्ध बनाउन हामी दबाब समूहका रूपमा प्रस्तुत भएका हौँ ।’

इतर समूहका नेताहरूले हाल पार्टीभित्र भइरहेको क्रियाशील सदस्यता अध्यावधिक प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top