ओलीको भर्चुअल सम्बोधन- मानव स्रोतलाई डिजिटल शक्तिमा लान नसक्दा एमालेलाई गम्भीर धक्का लाग्यो

Facebook
Twitter
WhatsApp

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान नसक्दा एमालेले गम्भीर धक्का खाएको बताएका छन् ।

नेकपा एमालेले आयोजना गरेको प्रदेश स्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै अरू क्षेत्रमा पनि धक्का लागेको भए पनि सबै भन्दा बढी एमालेले धक्का खाएको बताए ।

उनले आफू नेतृत्वको सरकारले देशको विकास र सुशासनका क्षेत्रमा काम गरी रहेको भए पनि अहिले देश सही बाटोमा नहिँडेको बताए ।

उनले संविधान निर्माणका बेलादेखि नै अवरोधहरू आएको भन्दै ती अवरोध हटाएर अगाडि बढेको स्मरण गरे ।

उनले दुवै छिमेकीसँगको सम्बन्ध राम्रो बनाएको दाबी गर्दै सामाजिक क्षेत्रको समेत विकास भएको बताए । उनले आफूले गरेको कामको प्रचार गर्न नसकेको बताए ।

उनले भने, ‘हाम्रा विरुद्ध भएको प्रचारको प्रतिवाद गर्न सकेनौ । सत्यको प्रचार गर्न सकेनौं । असत्यको प्रतिवाद गर्न सकेनौं ।’

उनले पार्टीको मानव शक्तिलाई डिजिटल शक्तिमा परिणत गर्न नसकेको स्वीकार गरे ।

उनले आफैले गरेको कामको बारेमा जनतालाई बुझाउन पार्टी पङ्तीले बुझाउन नसक्दा केही पनि नगरेकाहरूले पार्टी विरुद्ध र नेता विरुद्ध प्रचार गरेको बताए । उनले भने, ‘यही प्रचारका आधारमा तालिम प्राप्त भएकाहरूले भदौ २४ गतेको घटना भएको बताए ।’

उनले भने, ‘योजनाबद्ध लागेकाहरूले भदौ २४ को आगजनी र आतङ्क मच्चाए । यो आतङ्कको बलमा एमालेलाई बदनाम गराइयो र पार्टी र नेताहरूका बारेमा भ्रम फैलाइयो ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top