रास्वपा महाधिवेशन: केन्द्रीय सदस्यमा पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे भिड्ने

Facebook
Twitter
WhatsApp

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्यटन विभाग प्रमुख एवं स्थापित पर्यटन व्यवसायी सुमनविक्रम पाण्डेले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
यही असार ७, ८ र ९ गते चितवनमा हुन गइरहेको रास्वपाको पहिलो ऐतिहासिक केन्द्रीय महाधिवेशनमा पाण्डेले केन्द्रीय नेतृत्वका लागि चुनावी मैदानमा उत्रने तयारी गरेका हुन्।

पार्टीभित्र नीतिगत स्पष्टता, सांगठनिक सुदृढीकरण र आफ्नो दशकौँ लामो व्यावसायिक अनुभवलाई संस्थागत गर्ने उद्देश्यसहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको पाण्डेले जानकारी दिए।

पर्यटन क्षेत्रमा ३८ वर्षको अनुभव र अन्तर्राष्ट्रिय पहिचान
नुवाकोटको विदुर नगरपालिका–२ मा जन्मिएका पाण्डे नेपालको पर्यटन क्षेत्रका रैथाने र आदरणीय नाम हुन्। विगत ३८ वर्षदेखि पर्यटन व्यवसायमा निरन्तर सक्रिय उनले ट्राभल, ट्रेकिङ, हवाई सेवा तथा नागरिक उड्डयनका विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।
उनले पर्यटन क्षेत्रका शीर्षस्थ संस्थाहरूको नेतृत्व समेत सम्हालिसकेका छन्। पाण्डे ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष, एयरलाइन्स एसोसिएसन अफ नेपाल (आवान) का पूर्वमहासचिव र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य हुन्। त्यस्तै, सन् २०११ को ‘नेपाल पर्यटन वर्ष’ मूल कार्यसमितिमा रहेर पनि उनले काम गरेका थिए।

अन्तर्राष्ट्रिय मञ्चमा समेत बलियो पकड भएका पाण्डेले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षता गरिसकेका छन्। यसका साथै, पाटा अन्तर्राष्ट्रिय मुख्यालयमा चार वर्ष कोषाध्यक्ष र सचिव तथा दुई वर्ष उपाध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी सम्हालिसकेका छन्। पर्यटन क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै पाटा अन्तर्राष्ट्रियले उनलाई हालसालै ‘आजीवन सदस्यता’ (Life Membership) बाट समेत सम्मानित गरेको छ।

सामाजिक काम र राजनीतिक यात्रा
व्यवसायसँगै पाण्डे सामाजिक र वातावरणीय क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। उनको नेतृत्वमा नुवाकोटमा सञ्चालित ‘हरियो नुवाकोट’ अभियानमार्फत स्थानीय कृषकहरूलाई करिब दुइ लाख सुन्तला, कागती र एभोकाडोका बिरुवा नि:शुल्क वितरण गरिएको थियो, जसले जिल्लाको वातावरणीय संरक्षण र स्थानीयको आयआर्जनमा ठूलो टेवा पुर्‍याएको छ। यति मात्र होइन पाण्डेले नुवाकोटका गरिब जेहेन्दार विध्यार्थहरुलाई छात्रवृत्ति दिने ,तालिमहरु दिने र रोजगारी समेत दिदै आएका छन्।

राजनीतिक रूपमा पाण्डेले गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको तर्फबाट नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए। सो निर्वाचनमा साढे १६ हजार मत प्राप्त गर्दै उनी दोस्रो स्थानमा रहेका थिए। पहिलो प्रयासमै प्राप्त गरेको उक्त मत परिणामले नुवाकोटमा उनको बलियो जनआधार र लोकप्रियतालाई पुष्टि गर्दछ। रास्वपा नुवाकोटमा पाण्डेको स्थानीय पकड निकै बलियो छ। संगठन निर्माणमा पाण्डेलाई अब्बल मानिन्छ। उनले नुवाकोटमा दिनरात नभनी खटिएर हरेक स्थानिय तहको संगठन बनाएका छन्।

महाधिवेशनमा विशेष चासो
रास्वपाभित्र नयाँ सोच, व्यावसायिक दक्षता र परिणाममुखी नेतृत्वको माग बढिरहेका बेला पाण्डेको उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिहरूले विशेष चासोका साथ हेरेका छन्। उनको बहुआयामिक अनुभव, अन्तर्राष्ट्रिय सम्बन्ध र सांगठनिक क्षमताले रास्वपाको केन्द्रीय कार्यसमितिलाई थप परिपक्व र ऊर्जावान् बनाउने विश्वास उनका समर्थकहरूले व्यक्त गरेका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top