नुवाकोट । तारकेश्वर गाँउपालिकाका अध्यक्ष शिब अधिकारिले शिक्षक सरुवाको निर्णय कार्यान्वयन गर्न संबन्धित विध्यालयहरुलाइ दिनको समय थप गरेका छन ।
आज प्रधानाध्यापकहरूसँग छलफल गर्दै अध्यक्ष अधिकारीले सरकारकै एक अंगले दिएको निर्देशन पालना गर्दै आफ्नो कर्तव्यपालनामा लाग्न आग्रह हुन ।
पालिकाले गरेको निर्णय कार्यान्वयनमा विवाद भएको सन्दर्भमा गाउँपालिकाले प्राधानाध्यापकहरुसँग आज आफ्नो निर्णय लागु गराउन छलफल गरेको हो ।
सो बैठकमा प्रधानाध्यापकहरूले तयारिको लागि केही समय थप्न आग्रह गरेपछि कार्यान्वयनको सबै प्रक्रिया पूरा गर्न तीन दिनको समय थप गर्ने निर्णय भएको हो ।
उच्च अदालत, पाटनले अन्तरिम आदेश खारेज गरेपछि गत बिहीबार गाउँपालिकाले विद्यालयहरूलाई ५ दिनभित्र शिक्षक सरुवा कार्यान्वयन गरिसक्न निर्देशन दिएको थियो ।
सरुवाप्रति असन्तुष्टि जनाउँदै केही शिक्षक संघ संगठनको अगुवाइमा केहि शिक्षकहरुको उच्च अदालत पाटनमा रिट दायर भएको मा बुधबार खारेज गरेको थियो ।