काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै
काठमाण्डौ /आउँदो मंसिर १ गतेदेखि काठमाण्डौ उपत्यकामा मासुको अनिवार्य जाँच गरिने भएको छ। सरकारले हालै राजपत्रमार्फत सूचना प्रकाशित गर्दै ‘पशु बधशाला तथा मासु जाँच ऐन’ लाई चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याउने जनाएको हो। नयाँ व्यवस्था अनुसार काठमाण्डौ उपत्यकाका सबै पालिकाहरूमा मंसिर १ गतेदेखि यो ऐन लागू हुनेछ। उपत्यकाबाहिरका जिल्लास्थित महानगर, उपमहानगर र नगरपालिकाहरूमा आगामी माघ १ …









